राजासहितको प्रजातन्त्रले देशलाई निकास दिन्छः थापा

१ असोज । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले अब राजासहितको प्रजातन्त्रले मात्र देशलाई निकास दिने जिकिर गर्नुभएको छ ।

काठमाडौमा सोमबार भएको कार्यक्रममा अध्यक्ष थापाले ठूला दल जनअपेक्षा पूरा गर्न असफल भइसकेकाले अब राजासहितको प्रजातन्त्रले मात्र निकास दिनु जिकीर गर्नुभएको हो । उहाँले ठूला भनिने दलले संविधान बनाउने नाममा राष्ट्रलाई खोक्रो बनाएको आरोप लगाउनुभयो ।

अध्यक्ष थापाले संविधानसभा विघटनसँगै दलहरुले विगतमा गरेका निर्णयको औचित्य समाप्त भएको भन्दै जनताले चाहे फेरि राजतन्त्रको पुनरागमन हुनसक्ने बताउनुभयो । राप्रपा नेपालले निरन्तरता सहितको विकासलाई प्रमुख राजनीतिक एजेण्डा बनाएर अघि बढ्ने उहाँले बताउनुभयो ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...