विश्व शान्ति दिवस मनाइयो

४ असोज । शुक्रबार विश्व शान्ति दिवस । ‘शान्ति र शिक्षा, समृद्ध नेपालको अपेक्षा’ भन्ने नाराका साथ नेपालमा पनि शान्ति दिवस मनाइँएको छ ।


यसैसन्दर्भमा शान्ति तथा पूनर्निमाण मन्त्रालयले शुक्रबार बिहान काठमाडौंमा प्रभातफेरी निकाल्यो । शान्तिवाटीकाबाट निस्किएको ¥याली शहरका विभिन्न स्थान परिक्रमा गरी बबरमहलस्थित शान्ति सचिवालय कोषमा पुगी कोणसभामा परिणत भएको थियो । कोणसभालाई सम्बोधन गर्दै शान्ति तथा पुनर्निमाणमन्त्री रामकुमार श्रेष्ठले मुलुकमा शान्ति कायम राख्न नयाँ संविधान बनाउन आवश्यक रहेको बताउनुभयो । मन्त्री श्रेष्ठले शान्तिबिना देशको विकास हुन नसक्ने भन्दै यसका लागि सबैलाई एकजुट हुन आग्रह गर्नुभयो । द्वन्द्वकालका घटना शान्ति मन्त्रालयले मात्र समाधान गर्न नसक्ने भन्दै राजनीतिक दल र अन्य सरोकारवाला पनि उत्तिकै इमान्दार हुनुपर्ने बताउनुभयो । प्रभातफेरीमा विद्यार्थी, पेशाकर्मी, सुरक्षा निकायका अधिकारीलगायतको सहभागिता थियो ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...