सिरियामाथीको सैनिक कारबाही हाललाई स्थगित गर्ने ओबामाको भनाइ

२५ भदौ । अमेरिकाले सिरियामाथी गर्ने भनिएको सैनिक कारवाही हाललाइ स्थगित गर्ने बताएको छ ।

अमेरिकी राष्ट्रपति बाराक ओबामाले सिरियाले आफनो रासायनिक हतियारको भण्डार अन्तराष्ट्रिय नियन्त्रणमा राख्न सहमत भए आक्रमण स्थगित गरिने बताएका हुन । ओबामाले यो प्रस्ताव सिरियाले स्वीकार्नेमा आशंका रहेको बताएका छन् । ओबामाले सिरियामाथी सिमित आक्रमण गर्ने बताइरहँदा रुसले अघि सारेको यो प्रस्तावलाइ अमेरिकाले स्विकार गरेको हो ।

अमेरिकी राष्ट्रपति ओबामाले सिरियाले पुन रासायनिक हतियारको प्रयोग गर्न सक्ने जनाउदै उ माथी सिमित कारवाही जरुरी भएको दोहोराएका छन् । यता ओबामाले संसदमा राखेको प्रस्तावको समर्थनमा बहुमत पु¥याउन नसक्दा सिरियामाथीको सैनिक कारवाही गर्न अमेरिकालाइ बाटो खुल्न सकेको छैन ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...