जिल्लामा राजनीतिक माहोल बनाउन सभापति कोइरालाको आग्रह

३ असोज । नेपाली काँग्रेसका सभापति शुशिल कोईरालाले उमेदवारीका लागी टिकट लिन भन्दै राजधानी केन्द्रित भएका जिल्लाका नेता तथा कार्यकर्तालाई जिल्लामा राजनीतिक माहोल बनाउन निर्देशन दिनुभएको छ ।

उनले जिल्लाका सवै नेताहरु राजधानी केन्द्रित हुदा जिल्लामा जनता अन्यौलमा परेको भन्दै निर्वाचन हुने निश्चीत भएको सन्देश लिएर गाँउ फर्किन निर्देशन दिएका हुन् ।

राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै सभापति कोईरालाले आफुले पाए ठिक अरुले पाए बेठिक भन्ने मानसिकता त्याग्न आग्रह पनि गरे ।

उनले कसैलाई अन्याय नहुने गरी निश्पक्ष तरिकाले आफुहरुले कुनै प्रलोभन विना टिकट वितरण गर्ने जिकीर पनि गरे ।

उहाले पार्टीले तोकेका उमेदवारले जितेमा अर्को पटक आफ्नो पालो आउछ भन्ने बुझ्न आग्रह गरे ।
जनताले फेरी जिम्मेवार र भरपर्दो पार्टी भएकाले नेपाली काँग्रेसलाई नै वहुमत दिन चाहेको सभापति कोईरालाको ठम्याई छ ।

जनतालाई लोकतान्त्रीक संविधानको आवश्यकता र काँग्रेसको वहुमतको अनिवार्यताका वारेमा स्पष्ट पार्न आग्रह गर्दै सभापति कोईरालाले मुलुक मंसिरमै निर्वाचन गर्नेगरी अगाडी बढी सकेकाले अव निर्वाचन नरोकिने ठोकुवा गरे ।

काँग्रेसले जिम्मेवारीवोधका साथ लचक भएकाले नेकपा–माओवादीलाई पर्खेको बताउदै सभापति कोईरालाले अव बैद्यजीहरु पनि जिम्मेवार हुनु पर्ने बताए ।
अझै केही दिन वाकी छ, हामी अझै प्रयास गर्छौ, आउनु भएन भने उहाहरुलाई पश्चाताप शिवाय केही हुदैन, उनको कथन थियो ।

नेकपा माओबादीलाई निर्वाचनमा ल्याउनकै लागी निर्वाचन आयोगलाई उमेदवारी दर्ताको म्याद पछाडी सार्न आग्रह गरिएको पनि सभापति कोईरालाले जानकारी दिए ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...