अधिकारी हत्याको आरोपमा पक्राउ गरिएका रामप्रसादलाई अदालतमा पेश

२३ भदौ । चितवन प्रहरीले कृष्णप्रसाद अधिकारी हत्याको आरोपमा पक्राउ परेका रामप्रसाद अधिकारीलाई आज जिल्ला अदालत चितवनमा पेश गरेको छ ।

रामप्रसादलाई अदालतबाट म्याद थप गरी घटना अनुसन्धान अघि बढाईने चितवन प्रहरीका प्रमुख, वरिष्ठ प्रहरी उपरीक्षक प्रद्युम्न कार्कीले जानकारी दिए ।

घटनामा फरार रहेका अरु आरोपीको पनि खोजी तीव्र पारिएको कार्कीको भनाइ थियो । अरु आरोपी जिल्ला छाडेर अन्यत्र बसेकाले पक्राउका लागि केही ढिलाई भएको कार्कीले जानकारी दिए । अरु जिल्लामा समेत अभियुक्तको खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ । कृष्णप्रसादको हत्या २०६१ साल जेठ २४ गते गरिएको थियो ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...