युवतीसहित दुई दलाली पक्राउ

सर्लाही, ५ असोज । सर्लाहीबाट भारत हुँदै इराक जान लागेका तीन युवतीसहित दुई दलाल पक्राउ परेका छन् ।

सशस्त्र प्रहरी सीमा सुरक्षा बलले मलंगवा सीमा क्षेत्रमा गरेको चेकजाँचका क्रममा उनीहरू पक्राउ परेका हुन् । दलालमार्फत इराक जान लागेकी मकवानपुर छतिवन वडा नम्बर ९ की सोममाय मोक्तान, दोलखा स्यावा वडा नम्बर १ की जाङमु शेर्पा र मोरङकी लिला थापालाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ । त्यस्तै, युवतीहरूलाई दिल्ली हुँदै इराक पु¥याउन लागेका दलाल सिन्धुपाल्चौकका विरबहादुर तामाङ र सर्लाही अत्रौलीका चन्द्रबहादुर मोक्तान पनि पक्राउ परेका छन् ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...