राष्ट्रिय टि–२० क्रिकेटः क्षेत्र नं.३ काठमाडौँ विजयी

१२ असोज । राष्ट्रिय टि—ट्वान्टी क्रिकेट प्रतियोगिता अन्तर्गत क्षेत्र नम्बर तीन काठमाडौ विजयी भएका छन ।

पुल्चोकस्थित इन्जिनियरिङ कलेजको मैदानमा आज भएको एपिएफ क्लब र क्षेत्र नम्बर पाच नेपालगन्जविचको खेल बिना नतिजा टुङगिएको हो । टस जितेर पहिले ब्याटिङ गरेको एपीएफ क्लबले १९ दशमलब ४ ओभरमा सबै विकेट गुमाउदै ९२ रनको योगफल तयार पारेको थियो । एपिएफका लागी कप्तान पारस खड्काले २२ रन, प्रदिप एैरीले १८ रन, भुबन कार्कीले ९ रन तथा ज्ञानेन्द्र मल्लले ६ रन जोडेका थिए ।

ओपनर ब्याट्सम्यान परेश लोहनी ३ रन तथा सुबास खकुरेल मात्र ५ रन बनाएर आउट भएका थिए । एपिएफको पारी ध्वस्त पार्ने क्रममा नेपालगन्जका अमरसिंह रौटेला र आकाश विष्टले समान चार—चार विकेट तथा भुपेन्द्र रोक्का र निजामुद्धिन हाल्वाईले एक—एक विकेट लिएका थिए । दोस्रो इनिङ सुरु हुन अगाबै वर्षा भएपछि खेल बिना नजिता टुङगिएको हो । बराबरीपछि दुवै टिमले समान एक—एक अंक बाडेका छन् । बराबरीपछि समुह बि मा रहेको एपिएफ र नेपालगन्जले समान पाच—पाच अंक बनाएको छ ।

त्यस्तै, आजै भएको खेलमा क्षेत्र नम्बर तिन काठमाडौले क्षेत्र नम्बर ६ बैतडीलाई ८ विकेट पराजित गर्न सफल भएको छ । पहिले ब्याटिङ गरेको बैतडीले निधारित २० ओभरमा ९ विकेट गुमाउदै ९५ रनको योगफल तयार पारेको थियो । जवाफी मैदानमा ब्याटिङ गरेको काठमाडौले १३ दशमलब ४ ओभरमा मात्र २ विकेट गुमाउदै निर्धारित लक्ष्य पुरा ग¥यो । काठमाडौका लागी बिभत्सु थापाले सर्बाधिक ३९ रन र निराज भट्टराईले २२ रनको योगदान दिएका थिए ।

जितपछि समुह ए मा रहेको काठमाडौले ६ अंक बनाएको छ । आजै भएको अन्य खेलहरुमा क्षेत्र नम्बर ४ भैरहवाले क्षेत्र नम्बर ९ महेन्द्रनगरलाई ५ विकेटले तथा क्षेत्र नम्बर २ बिरगन्जले क्षेत्र नम्बर ८ पोखरालाई २ रनले पराजित गर्न सफल भएको छ ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...