२२ भदौ । गोरखाका कृष्णप्रसाद अधिकारीको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले शुक्रबार साँझ काठमाडौंको बागबजारबाट एमाओवादी कार्यकर्ता रामप्रसाद अधिकारीलाई पक्राऊ गरेको छ ।
पक्राउ परेका अधिकारीलाई शुक्रबार नै चितवन लगिएको छ । कृष्णप्रसादको हत्या चितवनमा भएकाले उनलाई सोही जिल्लाबाट मुद्दा चलाउन काठमाडौंबाट चितवन लगिएको हो । आफ्नो छोराका हत्यारामाथि कारवाही गर्नुपर्ने माग गर्दै गोरखाका नन्दलाल अधिकारी दम्पत्ति डेढ महिनादेखि वीर अस्पतालदमा आमरण अनशनमा बसेका बेला सरकारले उनीहरुको मागबमोजिम हत्या आरोपमा रामप्रसाद अधिकारीलाई गिरफ्तार गरेको हो ।
Post Top Ad
contact e.enetnepal@gmail.com to Advertise here

अधिकारी हत्या प्रकरणमा रामप्रसाद पक्राऊ
Share This
Subscribe to:
Post Comments (Atom)
Post Bottom Ad
contact e.enetnepal@gmail.com to Advertise here
Author Details
E Net Nepal is a Nepali Site.
No comments:
Post a Comment