अर्घाखाचीमा नक्कली डाक्टर पक्राउ

असोज । डाक्टरको भेषमा विरामी जाँच्दै आएकी नवलपरासीकी एक महिला अर्घाखाँचीमा पक्राउ परेकी छिन् ।

नवलपरासी डेढ गाउकी डाक्टर दीक्षा भनिने पार्वती अर्याल बोहरालाई अर्घाखाँची सदरमुकाम सन्धिखर्कमा सञ्चालित यमुना मेडिको फर्मा तथा प्रयोगशालाबाट प्रहरीले प्रक्राउ गरेको हो । गत असार २४ गते डिर्भनाका छन्दलाल श्रेष्ठले डाक्टर दीक्षाले उपचार गरेपछि थप समस्या देखिएको भन्दै क्षतिपूर्ति माग गरी जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएपछि सहायक प्रमुख जिल्ला अधिकारी भेषराज खनालको टोलीले अनुसन्धान सुरु गरेको थियो । अनुसन्धानका क्रममा प्रशासन कार्यालयले अर्यालको योग्यताको प्रमात्रपत्रबारे आयुर्वेद चिकित्सा परिषद्मा बुझ्दा नक्कली भएको प्रमाणित भएपछि उनलाई पक्राउ गरिएको हो । अर्याललाई कीर्ते गरी सर्वसाधारणलाई ठगी गरेको तथा जनस्वास्थ्यमा गम्भीर खेलवाड गरेको अभियोग अन्तर्गत मुद्दा चलाइएको छ ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...