फ्रान्सबाट सिरियाली राष्ट्रपति असदको आलोचना

१८ भदौ । फ्रान्सले सिरियामा भएको रासायनिक हतियार प्रयोगको पछाडी राष्ट्रपतिको हात रहेको भन्दै बसार अल असदको कडा आलोचना गरेको छ ।

फ्रान्सका प्रधानमन्त्री जो मार्क एराल्टले सिरियामा गत अगष्ट २१ तारीखका दिन सिरियामा विनाशकारी हतियार प्रयोग गरी निहत्था नागरिकको हत्या गरेको भन्दै यसको जिम्मेवारी सिरियाले लिनुपर्ने बताएका छन् ।

एकहजार टन भन्दा बढी रयायन प्रयोग गरेब्को घटना सामान्य नभएको भन्दै बसार अल असादलाई कठोर व्यक्तिको संज्ञा दिएका छन् । यसैबीच फ्रान्सका राष्ट्रपति फ्रांस्वा ओलांडले सिरियामा गरिने सैन्य कारबाहीको खुलेर समर्थन गरेका छन् । यद्दपी अमेरिका र बेलायतमा जस्तै फ्रान्सका लागि पनि संसदको अनुमति लिनु पर्ने बाध्यता छ । यसका लागि फ्रान्सको राष्ट्रिय परिषदमा बहस हुने भएको छ ।

यता सिरियाको विषयलाई लिएर अन्तराष्ट्रिय समुदायले पनि चिन्ता ब्यक्त गरेका छन् । अरब लीगका विदेशेमन्त्रीले सिरियामा जारी हिंसाको बिरोधमा आवाज उठाउन विश्व समुदायको ध्यान केन्द्रित गरेको छ । तर ईराक र लेवनन भने मौन बसेको छ । यता सिरियामा पछिल्लो समय २० बिद्रोही मारिएका छन् ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...