एमाओवादीले वाईसीएल पुनर्गठन गरेर चुनाव विथोल्न खोजेको नेपालको आरोप

२४ भदौ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले एकीकृत नेकपा माओवादीले वाईसीएल पुनर्गठन गरेर चुनाव बिथोल्न लागिपरेको आरोप लगाउनुभएको छ ।

काठमाडौंमा सोमबार भएको कार्यक्रममा नेता नेपालले मंसिरको चुनावमा एकीकृत नेकपा माओवादीको हार सुनिश्चित भएको भन्दै यसबाट बच्न वाईसीएल पुनर्गठन गरेको टिप्पणी गर्नुभएको हो । उहाँले चुनाव बिथोल्न खोज्नेविरुद्ध प्रतिकारमा उत्रिने पनि चेतावनी दिनुभयो । नेता नेपालले अबको चुनावमा एमालेले बहुमत ल्याउनेसमेत दाबी गर्नुभयो ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...