शिक्षकको नाच देखेर वालवालिका दंग परे

२८ भदौ । सँधैका वालदिवसमा वालवालिकाले नै धेरै मिहेनत गर्दै शिक्षकशिक्षिका सामु आफ्ना प्रतिभा, नृत्य तथा हँस्यौली देखाउँदै आइरहेको समयमा भक्तपुरमा भने शुक्रबार नौलो दृष्य देखियो ।

कार्यक्रममा अतिथि थिए वालवालिका (कक्षा प्लेग्रुपदेखि ३ सम्म) र मनोरञ्जन गराउँदै थिए तिनीहरुका शिक्षक शिक्षिकाहरु । यस्तो रमाइलो देखेर साना विद्यार्थी अचम्ममा मात्रै परेनन दंग समेत परे ।वालदिवसकोपुर्वसन्ध्यामा यस्तो कार्यक्रम आयोजना गरिएको थियो ।
एभरेस्ट भक्तपुर स्कुल ब्यासीका ४५० जना विद्यार्थीहरुलाई उनीहरुका कक्षा शिक्षकदेखि नृत्य शिक्षक र अन्य विषय शिक्षकहरुले नृत्य, गीत र नाटक देखाएर भरपुर आनन्द दिइरहेका थिए । वालदिवस भनेको वालवालिकाको मनोरञ्जन गर्ने दिन हो, त्यसैले स्कुलले नौलो ढंगमा शिक्षकशिक्षिका मार्फत वालवालिकालाई मनोरञ्जन गराएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भक्त राजभण्डारीले भने । शिक्षकहरुले ‘सलगम’मा आधारित एकताको सन्देश दिने नाटक लगायत लोकगीतमा सामूहिक नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रममा विद्यालयकी प्रिन्सिपल कमलादेवी राजभण्डारीले वालवालिकालाई ठुलो हैन, असलर सुशिक्षित बन्न आग्रह गरेकी थिइन् ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...