मूल्यबृद्धिको विरोध, कर्मचारीलाई कार्यालय प्रवेशमा रोक

३ असोज । विभिन्न १६ विद्यार्थी संघसंगठनले इन्धनमा भएको मूल्यवृद्धि फिर्ताको माग गर्दै विहीबार नेपाल आयल निगमका कर्मचारीहरुलाई कार्यालय प्रवेशमा रोक लगाएका छन् ।
विहीबार बिहान १० बजेदेखि कर्मचारीलाई कार्यलय प्रबेशमा रोक लगाइएको हो ।

साथै विद्यार्थी संगठनले शुक्रबार सरोकारवाला निकायहरुसंग इन्धनमा भएको मूल्यवृद्धिवारे छलफल गर्दैछन् । सरकारले एक साता अघि इन्धनको मूल्य बढाएपछि १६ विद्यार्थी संगठन आन्दोलित भएका हुन् ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...