२० भदौ । काठमाडौंमा जारी आठौं साफ च्याम्पियनशीप फुटबल प्रतियोगितामा समूह ए बाट अन्तिम चारमा नेपाल पुगेको छ ।
दिउँसो साढे ३ बजे दशरथ रंगशालामा भएको नेपाल र भारत बीचको खेलमा नेपालले भारतलाई २–१ ले हराउँदै अन्तिम चारमा पुगेको हो ।
नेपाली टिमको नेतृत्व सागर थापाले गरेका थिए । भारती टिमको नेतृत्व नेपाली मूलका चर्चित खेलाडी सुनील क्षेत्रीले गरेका थिए ।
सुनिल क्षेत्री, नेपाली मूलका भारतीय राष्ट्रिय फुटबल टीमका कप्तान हुन्। उनले दक्षिण एसियाकै चर्चित खेलाडी र राम्रा स्ट्राइकरका रुपमासमेत आफ्नो पहिचान बनाइसकेका छन्। सुनिल भारतमा जति चर्चित छन्, नेपालमा उनको चर्चा त्योभन्दा कम छैन। बाँकी दक्षिण एसियाली खेलमा पनि उनको क्रेज उस्तै छ। सुनिल सधैं भन्छन्– नेपाल मेरो दोस्रो घर हो। नेपाल मलाई साह्रै मन पर्छ। उनको वास्तविक घर झापा हो ।
त्यसैले पनि उनलाई नेपालसँग नजिक पारेको छ। बाबु भारतीय आर्मी भएकाले सुनिल छिमेकी देश भारतमै हुर्किए र त्यतै कर्म गर्न थाले र सफल पनि भए तर उनले नेपाली भाषा पटक्कै बिर्सिएका छैनन्। उनी आफैं भन्छन्, ममा मिश्रति भावना छ। अर्थात्, उनी नेपाल र भारत दुवैलाई माया गर्छन् र मन पराउँछन्। सुनिल भारतिय टिममा भने सन् २००८ देखि पूर्ण रूपमा जमेका हुन्। उनले च्यालेन्जर्स कपको फाइनलमा ह्याट्रिक गरेका थिए। उनको ह्याट्रिकसँगै भारतले ट्रफी उचाल्यो र एसियन कप खेल्न पायो।
तर क्षेत्रीकै कप्तानीमा आज नेपालसँग सेमीफाइनल प्रवेशकालागि भएको खेलमा भने सफलता प्राप्त हुन सकेन ।
Post Top Ad
contact e.enetnepal@gmail.com to Advertise here
Subscribe to:
Post Comments (Atom)
Post Bottom Ad
contact e.enetnepal@gmail.com to Advertise here
Author Details
E Net Nepal is a Nepali Site.
No comments:
Post a Comment