जम्मु काश्मीरको एक चौकीमा आक्रमण, ६ जनाको मृत्यु

१० असोज । भारत प्रशासित जम्मु काश्मीरको कठुए जिल्लाको एक प्रहरी चौकीमा भएको हमलामा चार प्रहरीसहित ६ जनाको मृत्यु भएको छ ।

मृत्यु हुँनेमा दुई सर्वसाधरण नागरिक रहेको जनाइएको छ ।

सेनाको पोशाकमा आएका ‘आतंककारी’ले प्रहरी चौकीमाथि बिहीबार बिहान हमला गरेका हुँन । हमलापछि उनीहरु भागेका थिए । पहिलो हमला लगत्तै उनीहरुले साम्वा जिल्लाको अर्को प्रहरी चौकीमा समेत हमला गरेका थिए । प्रहरीसँग उनीहरुको दोहोरो गोली हानाहान भएको थियो । पाकिस्तानको सीमा नजिकै रहेको कठुए जिल्ला हिन्दुहरुको बाहुल्य रहेको क्षेत्र हो । कश्मीरलाई भारत र पाकिस्तान दुवैले आ–आफ्नो भूभाग भएको दावी गर्छन । दुवै पक्षले उक्त क्षेत्रमा सयौं सैनिक समेत परिचालन गरेका छन । केही समयअघि समेत उक्त सीमामा पाकिस्तानी सैनिकले पाँच भारतीय सैनिकको हत्या गरेपछि तनाव बढेको थियो ।

सयुक्त राष्ट्रसंघको महासभामा भारतीय प्रधानमन्त्री डा। मनमोहन सिंह र पाकिस्तानी समकक्षी नवाज सरिफबीच भेट हुँनुभन्दा एक दिनअघि भएको हमलालाई अर्थपूर्ण रुपमा लिइएको छ । उक्त भेटमा दुई बर्षदेखि हुँन नसकेको शान्ति बार्ता र दुई महिनाअघि सीमा क्षेत्रमा दुई देशका सैनिकबीच भएको मतभेदबारे छलफलको एजेण्डा छ ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...