बर्तमान संकटको कारक एमाओवादी भएको थापाको आरोप

२२ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले वर्तमान संकटको कारक एकीकृत नेकपा माओवादी भएको आरोप लगाउनुभएको छ ।

राप्रपा नेपालले शनिबार भक्तपुरको गठाघरमा गरेको कार्यक्रममा अध्यक्ष थापाले एकीकृत माओवादी आफै संकटको कारक भएकोले समस्या समाधान हुन नसकेको बताउनुभएको हो ।

उहाँले प्रमुख दलले जनतालाई दास बनाएर विदेशी शक्तिलाई मालिक बनाउने काम गरेको पनि आरोप लगाउनुभयो । प्रमुख दलले विदेशीलाई नागरिकता दिएर राष्ट्रियता कमजोर पारेको भन्दै अध्यक्ष थापाले जातीय आधारमा संघीयता बनाएर देश विभाजन गर्ने षड्यन्त्र भइरहेकोसमेत टिप्पणी गर्नुभयो ।

अध्यक्ष थापाले देशलाई सिंगापुर बनाउने चुनावी नारा लिएर जनतामा गएको माओवादीले नै देशको अर्थतन्त्रलाई तहसनहन पारेको आरोप लगाउनुभयो । सम्पूर्ण शक्ति एकै ठाउँमा अटाउन सक्ने प्रजातन्त्रले मात्र स्थिरता कायम हुन सक्ने उहाँको भनाइ थियो ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...