नेकपा–माओवादी चुनावमा आए मिति सार्न सकिने

१३ असोज । प्रमुख दलका नेताहरुले नेकपा–माओवादी चुनावमा आए मिति सार्न सकिने बताएका छन् ।

काठमाडौंमा आइतबार भएको कार्यक्रममा उनीहरुले नेकपा–माओवादी चुनावमा आउने निश्चित भए प्राविधिक कामका लागि चुनावको मिति सार्न सकिने बताएका हुन् । कार्यक्रममा एकीकृत नेकपा माओवादीका नेता नारायणकाजी श्रेष्ठले नेकपा–माओवादी चुनावमा आए मन्त्रीपरिषद्का अध्यक्ष खिलराज रेग्मीले प्रधानन्याधीशबाट राजीनामा दिन समेत तयार हुनुपर्ने बताउनुभयो ।
नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले नेकपा–माओवादी चुनावका लागि प्रतिबद्ध भए मंसिर ४ गतेको चुनाव सार्ने विषयमा छलफल गर्न सकिने बताउनुभयो । यसैबीच नेकपा एमाले प्रचार विभाग प्रमुख प्रदीप ज्ञवालीले असन्तुष्ट दलहरू चुनावमा आउने सुनिश्चित भए मिति केही दिन सार्न आपूmहरू तयार रहेको बताउनुभएको छ । प्रेस चौतारीले आइतबार काठमाडौंमा गरेको कार्यक्रममा नेता ज्ञवालीले नेकपा–माओवादीलगायतका असन्तुष्ट दलहरू चुनावमा आउने सुनिश्चित भए प्राविधिक कुरा मिलाउन चुनाव सार्न सकिने बताउनुभएको हो । उहाँले सबै दलको सहभागिता रहने चुनावले मात्र नयाँ संविधान सुनिश्चित हुने पनि बताउनुभयो ।
प्रधानन्यायाधीशबाट मन्त्रिपरिषद् अध्यक्षले राजीनामा दिएर मुलुकले निकास पाउने भए त्यसतर्फ पनि सोच्नुपर्ने उहाँको भनाइ थियो । कार्यक्रममा नेपाल बार एशोसियसनका अध्यक्ष हरिकृष्ण कार्कीले सबै दलको सहभागिताबिना गरिने चुनावले संविधान जारी गर्न नसक्ने बताउनुभयो । मंसिर चार गते चुनाव हुन नसके मन्त्रिपरिषद् अध्यक्षको औचित्य सकिने पनि टिप्पणी गर्नुभयो । सरकार प्रमुखबाटै कानुनी राजको उपहास भएका कारण राज्यका एक निकायले अर्को निकायको अधिकार मिच्दै गएको अध्यक्ष कार्कीको भनाइ थियो ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...