साहित्यको उत्थानमा सरकारले ध्यान दिनुपर्छः राष्ट्रकवि घिमिरे

७ असोज । राष्ट्रकवि माधवप्रसाद घिमिरेले विकासका अन्य पक्ष सँगसँगै साहित्यको उत्थानमा पनि सरकारलाई ध्यान दिन आग्रह गर्नुभएको छ ।

आफ्नै ९५ औ जन्मोत्सवको अवरसमा मस्र्यादी वाङ्मय प्रतिष्ठान सोमबार काठमाडौंमा गरेको सम्मान कार्यक्रममा राष्ट्रकवि घिमिरेले साहित्यको विकासमा सरकारले ध्यान दिनु आवश्यक रहेको बताउनुभएको हो । उहाँले श्रृष्टाले आफ्नो सृजनाको रोयल्टी पाउनुपर्ने कडा व्यवस्था गर्न सरकारसँग आग्रह गर्नुभयो । राष्ट्रकवि घिमिरेले सर्जकले आफ्नो सृजनाको रोयल्टी पाउने व्यवस्था भए साहित्यको सजिलै विकास हुन सक्ने पनि धारणा राख्नुभएको थियो ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...