सिरिया माथि अमेरीकी कारबाहीको माहोल बढ्दै

१९ भदौ । सिरियामा सैनिक हस्तक्षेपका लागि तयार अमेरिकी राष्ट्रपति बाराक ओबामालाई रिपब्लिकन पार्टीका मूख्य नेताहरुले साथ दिने बचन दिएका छन् ।


ओबामालाई मूख्य रिपब्लिकन नेताहरु जोन बोईच्नर र एरिक क्यान्टोरले समर्थन गर्ने जनाउ दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यामले जनाएका छन् ।
ओबामाले सिरियाली राष्ट्रपति बसार अल असदले सर्वसाधारणमाथि रासायनिक हतियार प्रयोग गरेको भन्दै सीमित सैनिक कारबाही गर्ने सोचाई बनाएका छन् ।

सिरियामा सैनिक कारवाही गर्नुअघि कांग्रेसबाट अनुमोदन गराउन आगामी हप्ता मतदान हुने अपेक्षा गरिएको छ । ओबामाको योजनालाई कांग्रेसले अनुमोदन गर्ने अपेक्षा गरिए पनि सिरिया आक्रमणले अमेरिकाको हालत अरु खराव हुने र ईराक र अफगानिस्तानमा भोग्नुपरेको असफलताको घटना दोहोरिने आशंका धेरै अमेरिकी नागरिकमा रहेको बताइएको छ ।

सिरियाको निकट सहयोगी रुसले रासायनिक हतियार प्रयोगको बहानामा सिरियामा आक्रमण नगर्न अमेरिकालाई चेतावनी दिंदै आएको छ । सिरियामा केही दिनअघि भएको रासायनिक हमलामा झण्डै १५ सयले ज्यान गुमाएका थिए ।

गृहयुद्धका कारण सिरियामा झण्डै एक लाख व्यक्ति मारिएका र २० लाख जनता विस्थापित भएका राष्ट्रसंघले जनाएको छ ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...