शुक्रबार नेपालले इराकको सामना गर्दै - E Net Nepal

Post Top Ad

contact e.enetnepal@gmail.com to Advertise here

शुक्रबार नेपालले इराकको सामना गर्दै

Share This
१० असोज । एएफसि अन्डर—१६ च्याम्पियनसिप अन्तर्गत समुह सि को छनौट खेलमा भोली नेपालले इराकको सामना गर्नेछ । यि दुई टिमविचको खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साझ ५ बजे पछि सुरु हुनेछ ।
आयोजक राष्ट्र नेपालले भोली दोस्रो खेलमा इराकसंग प्रतिस्पर्धा गर्न लागेको हो । यस अधि भएको पहिलो खेलमा नेपालले बहराइनलाई शुन्यका विरुद्ध दुई गोल अन्तरले पराजित गर्न सफल भएको थियो । नेपालका लागी अन्जन विष्ट र अन्जन तामाङले समान एक—एक गोल गरेका थिए । यसअघि सन् २००७ मा भएको भेटमा नेपाल बहराइनसंग ३–२ गोल अन्तरले पराजित भएको थियो भने २००९ मा काठमाडौंमा भएको भेटमा नेपाल ५–० को फराकिलो अन्तरले स्तब्ध भएको थियो ।

एएफसी यू–१६ फुटबलमा नेपालले २००९ मा लेवनानलाई हराएपछिको यो पहिलो जित हो । त्यसपछि भएको ५ खेल नेपालले हारेको थियो भने एक खेल बराबरीमा सकिएको थियो । त्यस्तै, इराकले तुर्कमिनीस्तानलाई आठ—एक गोल अन्तरले पराजित गरेको थियो । नेपाल र इराकको समान तिन—तिन अंक छ । भोली नै हुने पहिलो खेलमा तुर्कमिनीस्तानले बहराइनसंग खेल खेल्दैछ । दुवै टिमले पहिलो खेलमा हार ब्यहोरि सकेका छन ।

No comments:

Post a Comment

Post Bottom Ad

contact e.enetnepal@gmail.com to Advertise here