लुक्लामा हेलिकोप्टर दुर्घटना

१० असोज । काठमाडौंबाट लुक्लाको लागि उडेको एयर डायनेष्टीको हेलिकप्टर लुक्ला विमानस्थलमा अवतरणको क्रममा दुर्घटना भएको छ । दुर्घटनामा ३ जना घाइते भएका छन् । उनीहरु मध्ये एकको अवस्था गम्भीर छ ।

काठमाडौंबाट लुक्लाका लागि उडेको ९ एन इएक्स कल साइन भएको हेलिकोप्टर अवतरणका क्रममा विमानस्थल सुरक्षाका लागि लगाइएको तारजालीमा ठोक्किएर आगो लागेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । हेलिकप्टरमा चालकदलका सदस्यसहित ४ जना सवार थिए ।
धावन मार्गको करिब १०० मिटर पर रहेको तार जालीमा ठोक्कीएको हेलिकप्टरको पछिल्लो भाग पुरै क्षती भएको जिल्ला प्रहरी कार्यालय लुक्लाले जनाएको छ ।
प्रहरीका अनुसार हेलिकप्टरमा सवार ४ जना मध्ये एक जना गम्भीर घाइते र बाँकी ३ सामान्य घाइते रहेको बताएका छ । हेलिकप्टरमा एक जना पाइलट र बाँकी यात्रु रहेका थिए । घाइतेहरुमा क्याप्टेन अरुण मल्ल, लाक्पा सोनाम शेर्पा, अनिता शेर्पा र सोनाम शेर्पा छन् ।
गम्भीर घाइते हुने चौरीखर्क ८ बस्ने ५३ वर्षीय दागेलु सेर्पालाई थप उपचारका लागि एयर डाइनेस्टीकै अर्को हेलिकोप्टरबाट काठमाडौं ल्याइएको छ भने अन्यको स्थानीय पासाङल्यामू निकोल हस्पिटलमा उपचार भइरहेको छ ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...