इरानी राष्ट्रपतिसँगको वार्ता सकारात्मकः ओबामा

१२ असोज । अमेरिकी राष्ट्रपति बाराक ओबामाले इरानी राष्ट्रपति हसान रुवानीसँगको वार्ता सकारात्मक भएको जनाएका छन् ।

राष्ट्रपति ओबामाले शुक्रबार भएको टेलिफोन वार्ताले इरानको आणविक कार्यक्रमका विषयमा छलफल अघि बढ्न सक्ने भन्दै विवाद समाधान हुने विश्वास व्यक्त गरेका छन् । उनले इरानी राष्ट्रपति रुवानीसँगको वार्ता अमेरिकी परराष्ट्र नीतिका लागि महत्वपूर्ण अवसर भएको पनि बताएका छन् । राष्ट्रपति ओबामाले इरानका सर्वोच्च नेताहरूले आणविक हतियार विकास जारी राख्ने जनाए पनि रुवानीले त्यसो नगर्नेमा आफू विश्वस्त रहेको बताएका छन् । सन् १९७९ मा इस्लामिक द्वन्द्वको सुरुवातपछि अमेरिकी र इरानी राष्ट्रपतिबीच पहिलोपटक वार्ता भएको हो ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...