तोकिएकै मितिमा चुनाव नभए देशमा दुर्घटना निम्तिन्छः सभापति कोइराला

२४ भदौ । नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले निर्वाचन नभए देशमा दुर्घटना निम्तने भन्दै मंसिर ४ गतेको चुनाव कुनै पनि कारणले प्रभावित हुन नहुने बताउनुभएको छ ।

वीपी कोइराला जयन्तीको सन्दर्भमा काठमाडौं कांग्रेसले सोमबार गरेको कार्यक्रममा सभापति कोइरालाले राष्ट्रियता र लोकतन्त्रलाई संस्थागत गर्न चुनाव अपरिहार्य भएको बताउनुभयो । उहाँले चुनाव नभए राष्ट्रियता थप कमजोर हुने दाबी गर्नुभयो । एकीकृत माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले राष्ट्रियताका सवालमा बीपी प्रस्ट र अडिग नेता भएको भन्दै कोइरालाको विचार लिएर हिड्न सक्ने नेता नजन्मिएको बताउनुभयो । श्रेष्ठले राष्ट्रियताका सवालमा बीपीको विचार लिएर हिड्न कुनै पनि राजनीतिक दलले नसकेको स्वीकार गर्नुभयो ।

उहाँले राजनीतिक प्रभावबाट सुरु भएको वैदेशिक हस्ताक्षेप अहिले आएर संवैधानिक निकायका प्रमुख छान्नेसम्मको हस्तक्षेपमा पुगेको गुनासो गर्नुभयो । कांग्रेस नेता रामशरण महतले देश विरुद्ध बोल्दा भारतीय संसदबाट माफी माग्नेदेखि सगरमाथाका विषयमा चिनियाँ प्रधानमन्त्रीसम्मलाई माफी माग्न लगाएको भन्दै अहिलेका नेताहरुले त्यो नैतिक साहस गुमाएको बताउनुभयो ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...