सुरक्षा व्यवस्था चुस्त बनाउन निर्देशन

१० असोज । गृहसचिव जनार्दन नेपालले सशस्त्र प्रहरी बल प्रधान कार्यालयको निरीक्षण गर्नुभएको छ ।

गृहसचिव नेपालले विहीबार सशस्त्र प्रहरी प्रधान कार्यालयको कामकारबाहीबारे जानकारी लिनुभएको हो । त्यस्तै, उहाँले कार्यालयस्थित विभागहरू, परिचालन कक्ष र केन्द्रीय निर्वाचन सेलको निरीक्षण गर्नुभएको थियो । त्यसक्रममा सशस्त्र प्रहरी महानिरीक्षक कोषराज वन्तले निर्वाचन सुरक्षा योजना लगायतका विषय सचिव नेपाललाई जानकारी गराउनुभएको थियो ।

यसैबीच गृहसचिव जनार्दन नेपालले प्रभावकारी चुनावी सुरक्षा व्यवस्थापन र अपराध नियन्त्रणमा कडाइ गर्न नेपाल प्रहरीलाई निर्देशन दिनुभएको छ । प्रहरी प्रधान कार्यालयको निरिक्षणमा जानुभएका सचिव नेपालले आसन्न संविधानसभा चुनालाई लक्षित गरि हुनसक्ने खतरालाई ध्यान दिई सुरक्षा व्यवस्था प्रभावकारी बनाउन प्रहरीलाई निर्देशन दिनुभएको हो ।

सरकारले प्रहरीलाई चुनावमा पहिलो पंक्तिमा रहेर चुनावी सुरक्षा दिने गरि सुरक्षा रणनीति बनाएको भन्दै सचिव नेपालले इमान्दारीकासाथ जिम्मेवारी पूरा गर्न निर्देशन दिनुभयो । यसैगरी भूमिगत समूहको चन्दा संकलन, अपहरण, धम्कीजस्ता कार्यको पहिचान गरि अघि बढ्न पनि सचिव नेपालले प्रहरीलाई निर्देशन दिनुभयो ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...