रासायनिक हतियार प्रयोगका विषयमा सुरक्षा परिषदले कदम चाल्नुपर्छः केरी

४ असोज । अमेरिकी विदेश मन्त्री जोन केरीले सिरियामा भएको रासायनिक हतियारको प्रयोगका विषयमा संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदले कदम उठाउनुपर्ने बताएका छन् ।


उनले आगामी साता हुने सुरक्षापरिषदको वैठकले यस विषयमा ठोस निर्णय लिनुपर्नेमा जोड दिएका हुन् । केरीले सिरियामा भएको रासायनिक हतियारको प्रयोग विरूद्धको कदम सुरक्षापरिषदका लागि कडा परीक्षा बनेको बताएका छन् । विदेश मन्त्री केरीले सिरियामा गत महिनामा भएको रसायनिक हतियारको प्रयोग सिरियाली सरकारले गरेको आरोप लगाउदै आएका छन् ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...