अनेरास्ववियुको नयाँ नेतृत्वका लागि भएको मतदान सम्पन्न

८ असोज । नेकपा एमाले निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुको नयाँ कार्यसमिति चयनका लागि मतदान कार्य सम्पन्न भएको छ ।

सोमबार रातिबाट सुरु भएको मतदान प्रक्रिया सकिएको र मतगणनाका लागि एमाले केन्द्रीय कार्यालय बल्खुमा मतपेटिका लैजाने तयारी भइरहेको महासचिवका प्रतिस्पर्धी रचना खड्काले बताइन ।

शुक्रबारदेखि काठमाडौँमा सुरु भएको एक्काइसौँ महाधिवेशनबाट १३५ कार्यसमितिका लागि दुई सय ५० भन्दा बढी उम्मेदवारले निर्वाचनमा भाग लिएका थिए भने महाधिवेशनमा एक हजार चार सय ८९ प्रतिनिधिको सहभागिता रहेको थियो ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...