एनआरएन अध्यक्ष जीवा लामिछानेद्धारा अस्पताल अवलोकन

१३ असोज । गैरआवासीय नेपाली संघका अध्यक्ष जीवा लामछिानेसहितको टोलीले काभ्रे जिल्लाको भैंसेपाटी बनेपामा रहेको स्पाइनल इन्जुरी पुनस्थापना केन्द्रको अलवलोकन भ्रमण गरेका छन् ।

गैरआवासीय नेपाली संघको सम्मेलनको क्रममा उनीसहितको टोली त्यहा पुगेको हो । गैरसरकारी संस्थाद्धारा सञ्चालित सो केन्द्रले सह्रानीय काम गरेको अध्यक्ष लामिछानेले केन्द्रको भ्रमणपछि पत्रकारहरुलाई बताए ।
टोलीलाई पुर्नस्थापना केन्द्रकी निर्देशक इशा थापाले केन्द्रको वर्तमान अवस्था तथा लेखा अधिकृत श्याम पाण्डेले केन्द्रको आर्थिक अवस्थाबारे बताएका थिए ।
सोही अवसरमा अध्यक्ष लामिछानेले एनआरएन जापानका सदस्य स्वर्गीय बलराम थापाको स्मृतिमा स्थापित स्व. बलराम थापा स्मृति प्रतिष्ठानले स्थानीय चक्रज्योति माविमा आयोजना गरिएको निशुल्क स्वास्थय शिवीरको पनि उद्घाटन गरे । शिवीरमा नाक, कान घाँटी, जनरल तथा स्त्रीरोगसम्वन्धी ७०० जनाको स्वास्थय परीक्षण गरि निःशुल्क औषधि विरतण गरिएको केन्द्रका प्रशासन प्रमुख प्रकाश श्रेष्ठले बताएका छन् ।
सो पुर्नस्थापना केन्द्रमा मेरुदण्डसम्वन्धी रोग लागेका विरामीहरुको उपचार गरिन्छ ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...