कविता महोत्सवका विजेतालाई पुरस्कार प्रदान

११ असोज । राष्ट्रिय कविता महोत्सव २०७० का विजेताहरुलाई शुक्रबार पुरस्कार प्रदान गरिएको छ ।

नेपाल प्रज्ञा प्रतिष्ठानको आयोजनामा भएको कविता महोत्सवका विजेताहरुलाई राष्ट्रपति डाक्टर रामवरण यादवले पुरस्कार प्रदान गर्नुभएको हो । जसअनुसार २० हजार रुपैयाँ नगदसहित स्वर्ण पदकको प्रथम पुरस्कार झापाका चक्रकुमार सुवेदी र १५ हजार नगदसहित रजत पदकको द्वितीय पुरस्कार नवलपरासीका बाबु बोगटीलाई प्रदान गरिएको छ । यसैगरी १० हजार रुपैयाँ नगदसहित कांस्य पदकको तृतीय पुरस्कार काभे्रका रमा अधिकारी, काठमाडौंका दुशला अधिकारी र भक्तपुरका शिवराम सापकोटालाई प्रदान गरियो ।

प्रज्ञा प्रतिष्ठानको वार्षिकोत्सवको अवसरमा भएको महोत्सवमा देशभरबाट २ सय ९३ वटा कविता समावेश गरिएको थियो । यसैबीच त्रिमूर्ति निकेतनले साहित्य क्षेत्रमा योगदान पु¥याउने १३ जना श्रष्टाहरुलाई सम्मान गरेको छ । निकेतनले शुक्रबार काठमाडौंमा नवौ त्रिमूर्ति दिवसको अवसर पारेर १३ जना साहित्यकारहरुलाई सम्मान गरेको हो । निकेतनले हरि फुँयाल, सरुभक्त श्रेष्ठ, मञ्जु काँचुली लगायतलाई ताम्रपत्र सहित जनही १० हजार रुपैयाँ नगद पुरस्कारबाट सम्मान गरेको हो ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...