साफ च्याम्पियनसीपमा अफगानिस्तानबाट विजयी सुरुवात

१७ भदौ । काठमाडौंमा जारी आठौ साफ च्याम्पियनसिप फुटबलमा अफगानिस्तानले विजयी सुरुवात गरेको छ ।

हल्चोक मैदानमा सोमबार भएको समुह बि अन्तर्गतको खेलमा अफगानिस्तानले प्रतियोगिताको कमजोर मानिएको टिम भुटानलाई शुन्यका विरुद्ध तिन गोल अन्तरले पराजित गर्न सफल भएको हो ।

खेलको ३७ औ मिनेटमा अफगानिस्तानका लागी हारोन फाकरुद्धिनले पहिलो गोल गदै टिमलाई सुरुवाती अग्रता दिलाएका थिए । हारोनले मुस्ताफा हाडियाको कर्नरमा गोल गरेका थिए । ४१ औं मिनेटमा अफगानी खेलाडीको हेडर पोलमा लागेर फकिर्एको थियो । खेलको पहिलो हाफसम्म एक—शुन्य गोल अन्तरले अगाडी रहेको अफगानिस्तानका लागी ७५ औ मिनेटमा मुस्ताफा हाडियाले गोल गरे ।

दोस्रो हाफमा पनि अफगानिस्तानले आफ्नो दबाब कायमै राखेको थियो । खेलको ८७ औ मिनेटमा हस्मतुल्लाह एमडि जानले गोल गरे । त्यसपछि खेलमा थप गोल भएन र खेल अफगानिस्तानले तिन—शुन्य गोल अन्तरले जित्यो । जितपछि अफगानिस्तानले महत्वपुर्ण ३ अंक जोडेको छ । अब अफगानिस्तानले बुधबार समुह चरणको दोस्रो खेलमा श्रीलंकाको सामना गर्नेछ ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...