सामूहिक बलात्कारको आरोपमा ४ जना पक्राउ

६ असोज । पाल्पामा एक महिलालाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।

प्रहरीले तानसेन नगरपालिका वडा नम्बर १० भुसालड‘ाडाका २७ वर्षीय शिवबहादुर खड्का, तानसेन वडा नम्बर १३ का बसन्त थापा, भैरवस्थान वडा नम्बर ४ का २२ वर्षीय सन्दिप राई र १५ वर्षका नाम नखुलेका एक जनालाई पक्राउ गरेको हो । त्यस्तै, बलात्कारकै अर्को घटनामा प्रहरीले मदनपोखरा वडा नम्बर २ का सुन्दरबहादुर दर्जी पक्राउ गरेको छ ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...