मदिरा पसलमा छापा

४ असोज । आन्तरिक राजश्व कार्यालयले नयाँ बानेश्वरले आसपासका विभिन्न मदिरा पसलमा छापा मारी मदिरा नष्ट गरेको छ ।

कार्यालयले महानगरीय प्रहरी वृत्त बानेश्वरको सहयोगमा बानेश्वर, अनामनगर आसपासका क्षेत्रमा छापा मारेको हो । केही दिन अघि घरेलु मदिरा सेवन गरी एक नागरिकको मृत्यु भएको थियो । दशैं नजिकिँदै गरेकाले चाडवाडको मौकामा मदिरा उत्पादन बिक्री वितरण बढ्न सक्ने भएकाले छापा मारिएको प्रमुख कर अधिकृत दीर्घराज मैनालीले जानकारी दिनुभयो । छापाका क्रममा प्रहरीले मदिरा बिक्री वितरणको लाइसेन्स नलिई मदिरा बेचबिखन गर्नेका मदिरा प्रहरीले नियन्त्रणमा लिएको छ ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...