म्याद गुज्रेका पेय पदार्थको विक्रि

१ असोज । कोकाकोला, फ्यान्टा लगायतका पेय पदार्थ बिक्री गर्दै आएको बोटलर्स नेपाल र वरुण वेभरेजले म्याद गुर्जेका पेय पदार्थ बेच्दै आएको खुलासा भएको छ ।

वाणिज्य विभागले विभिन्न स्थानमा गरेको अनुगमनमा उपभोग मिति सकिएका कोक, फ्यान्टा पहिचान गरेको हो । विभागले सोमबार कोकाकोला, फ्यान्टा सहित अन्य विभिन्न अस्वस्थकर र उपभोग मिति सकिएका खाद्यान्न नष्ट ग¥यो । बोटलर्स नेपालले उपभोग मिति सकिएपछि पार्टीमा त्यस्ता पदार्थ पठाउने गरेको विभागको भनाइ छ ।

अस्वस्थकर र उपभोगमिति सकिएका पेय पदार्थ बजारमा बिक्री वितरण गरेपछि विभागले बोटलर्स र वरुण वेभरेज कम्पनीका पदाधिकारीलाई शुक्रबार विभागमा बोलाएर स्पष्टीकरण लिने भएको छ । वाणिज्य विभागले कोक फ्यान्टा लगायतका पेय पदार्थको उत्पादन मिति हेरेरमात्रै उपभोग गर्न उपभोक्तालाई आग्रह पनि गरेको छ ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...