चुनावमा एमाओवादीले बहुमत ल्याउँछः प्रचण्ड


काठमाडौँ, ५ असोज । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अबको चुनावमा मधेशी जनताको सहयोगले पार्टीले बहुमत ल्याउने दाबी गर्नुभएको छ ।

चितवन–काठमाडौ संघीय जनसम्पर्क मञ्चले शनिबार गरेको कार्यक्रममा अध्यक्ष प्रचण्डले पछिल्लो समयमा मधेशी जनताको एकीकृत माओवादीप्रति आकर्षण बढेको भन्दै बहुमत ल्याउने दाबी गर्नुभएको हो । उहाँले एकीकृत माओवादीले बहुमत ल्याए मात्र नयाँ संविधानको सुनिश्चितता हुने बताउनुभयो । अध्यक्ष प्रचण्डले राष्ट्रिय एकता मजबुद पार्न मधेशी जनताको ठूलो योगदान हुने पनि बताउनुभयो । कार्यक्रममा नेता अमिक शेरचन, जनार्दन शर्मा लगायतले चुनाव प्रचार–प्रसारमा लाग्न कार्यकर्तालाई निर्देशन दिनुभएको थियो ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...