प्रहरी तथा युवाद्धारा कोटेश्वर मन्दिर सरसफाई

१२ असोज । महानगरीय प्रहरी वृत्त तिनकुने तथा कोटेश्वर प्रहरी प्रभाग ,लायन्स क्लव काठमाण्डौ पर्लसिटी तथा ग्यालेक्सी, सरस्वती युवा क्लव र कस्मिक स्काउट ट्रुपसंग आवद्ध स्काउटलगायत युवा र प्रहरी मिलेर शनिबार ऐतिहासिक तथा धार्मिक महत्व बोकेको कोटेश्वर महादेव मन्दीर परिसर सरसफाई गरेका छन् ।

वृहत सरसफाई कार्यक्रममा सामाजिक युवा क्लव, ऐश्वर्य युवा क्लव, सेतीओपी युवा क्लव, सरस्वती मावि कोटेश्वरका पूर्व विद्यार्थीहरुको समेत सहभागिता थियो ।
लायन्स क्लव डिष्ट्रिक्ट ३२५ ए२ का अध्यक्ष शम्भुप्रसाद घिमिरे, प्रहरी प्रभाग कोटेश्वरका प्रमुख, प्रहरी निरीक्षक भरत लामा तथा सरस्वती युवा क्लवका अध्यक्ष शिक्षित पराजुलीले संयुक्तरुपमा मन्दीर परिसर सफा गरेर (बडारेर) कार्यक्रमको उद्घाटन गरेका थिए । कार्यक्रममा लायन्स डिष्ट्रिक्टका एडिशनल सेक्रेटरी डा.सुशिला वैद्य, डिष्ट्रिक्टका कोषाध्यक्ष अजय खनाल, जोन चेयरम्यान केशव श्रेष्ठको पनि सहभागिता थियो । सरसफाई कार्यक्रमको लायन्स क्लव काठमाण्डौ पर्लसिटीका अध्यक्ष इन्द्रबहादुर कार्कीले प्रकाश पोका थिए ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...