कतारका लागि नेपाली राजदूत शर्मालाई फिर्ता बोलाउने निर्णय

१० असोज। मन्त्रिपरिषद्को बिहिबार बसेको बैठकले कतारस्थित नेपाली राजदुत मायाकुमारी शर्मालाई फिर्ता बोलाउने निर्णय गरेको छ। कतारलाई खुल्ला जेलको संज्ञा दिएर शर्मा केहि समयदेखि विवादमा तानिएकी थिइन।

विवादमा तानिएपछि उनलाई राजदुत बनाउन सिफारिस गरेको एमाओवादीले समेत फिर्ता वोलाउने निर्णय गरेको थियो। तर त्यसलाई अस्विकार गर्दै शर्माले आफू पार्टी कार्यकर्ता नभइ देशको प्रतिनिधि भएकोले एमाओवादी अध्यक्षले निर्देशन दिदै फिर्ता नहुने बताएकी थिइन।

यस्तै बैठकले सार्कको महासचिवमा परराष्ट्रसचिव अर्जुनबहादु थापाको नाम प्रस्ताव गर्ने निर्णय पनि गरेको छ। बैठकले नेपाल आयल निगमलाई ऋण दिन सरकार तयार बन्ने पनि मन्त्रिपरिषद्को बैठकले निर्णय गरेको छ।

नेपाल आयल निगमले भारतीय आयल निगमलाई ऋण तिर्न रहेको छ। आयल निगमले पेट्रोलियम पदार्थको मुल्य वृद्धि गरेको थियो।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...