विजया दशमीको टिकाको शुभ साइत ९:५७ बजे

नेपालीहरुको महान चाड विजया दशमीको टीकाको शुभ साइत विहान ९ बजेर ५७ मिनेटमा उत्तम हुने जनाइएको छ ।

नेपाल पञ्चाङ्ग निर्णायक समितिको सो समय टीका ग्रहणका लागि उत्तम हुने जनाएको हो । त्यस्तै देवी बिसर्जन बिजयादशमीको दिन ९ बजेर २५ मीनेटमा उत्तम हुने जनाइएको छ। घटस्थापना अर्थात जमराराख्नेका लागि ९ बजेर ५१ मीनेट उत्तम मानिएको छ।

उल्लेखित समयमा टीकाको साइत हुने भनिए पनि देवीको प्रसाद लगाउने भएकोले साइतमै लगाउनु पर्ने मान्यता भने नरहेको समेत समितिले जनाएको छ।
असोज २३ मा पचलीभैरव, २५ गते फूलपाती तथा तुलजा भवानीयात्राका लागि ९:३१ बजे र स्थिरासन साँझ ११ बजेको साइतमा उचित हुने जनाइएको छ।

सोही अनुसार महाअष्टमी कालरात्रि आश्विन २६ गते शनिवारका दिन तथा २७ गते महानवमी,२८ गते सोमवार बिजयादशमी परेको छ। यसै गरी तुलजाभवानी यात्रा बिहान १० बजेर ११ मीनेट जाँदा, स्विरासन ११ बजेर २९ मीनेट जाँदा रहको छ।

यसै गरी ३१ गते अखिलबलिवुर्ति, कार्तिक १ गते कोजाग्रत साइत रहेको जनाएको छ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...