असन्तुष्ट दलसँग अन्तिम प्रयास थाल्दै उच्चस्तरीय समिति

१९ भदौ । उच्चस्तरीय राजनीतिक समितिले निर्वाचनको विरोध गर्दै आइरहेका नेकपा–माओवादीनेतृत्वको ३३ दलीय मोर्चासँग अन्तिमपटक वार्ता गर्ने भएको छ ।

समितिको मंगलवार साँझ बसेको वैठकले नेकपा–माओवादी लगायतका दलहरुलाई चुनावमा ल्याउनका लागि अन्तिम प्रयास गर्ने निर्णय गरेको हो । तर, मंसिर ४ गतेको निर्वाचन र वर्तमान सरकारमा परिवर्तन भने हुन नसक्ने पनि उनीहरुले दोहो¥याएका छन् । मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीले मंगलवार विहान एकीकृत माओवादी र नेपाली कांग्रेसका नेताहरुलाई भेटेर असन्तुष्ट दलहरुलाई पनि चुनावमा ल्याउने वातावरण मिलाउन आग्रह गरेपछि ५ दलले वैठक गरी अन्तिम प्रयास गर्ने निर्णय गरेका हुन् ।

उच्चस्तरीयले संविधानसभा सदस्य संख्या ६ सय १ बनाउन सकिने निष्कर्ष पनि निकालेका छन् । यो लचकतासँगै अशोक राई नेतृत्वको संघीय समाजवादीलाई पनि चुनावमा आउन सहमतिमा ल्याउने सम्भावना बढेको छ । चुनावी अभियानमा सहभागी हुन आनाकानी गरिरहेको अशोक राई नेतृत्वको संघीय समाजवादी पार्टी र उच्चस्तरीय राजनीतिक समितिबीच बुधबार वार्ता हुने भएको छ । संविधानसभा सदस्य सिट संख्या ६ सय १ पुर्याउनुपर्ने माग गर्दै आएको संघीय समाजवादी पार्टीले आफ्नो माग पुरा हुने भएपछि चुनावमा जाने सोच बनाएको बताईएको छ ।
उच्चस्तरीय र संघीय समाजवादीबीच साँझ हुने वार्तामा सहमतिमा हस्ताक्षर हुने सम्भावना रहेको बुझिएको छ । वार्ता समितिको कार्यालय नयाँबानेश्वरमा हुनेछ ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...