राष्ट्रपतिको आह्वानमा सर्वदलीय बैठक बस्दै

२८ भदौ । राष्ट्रपति डाक्टर रामवरण यादवले सर्वदलीय बैठक बोलाउनुभएको छ । राष्ट्रपति यादवले विघठित संविधानसभामा प्रतिनिधित्व गर्ने दलहरूसहितको सर्वदलीय बैठक बोलाउनुभएको हो । बैठकमा चुनावी प्रक्रियाको विरोध गर्दै आएका नेकपा–माओवादीसहित ३३ दल पनि सहभागी हुनेछन् ।

असन्तुष्ट दलहरूलाई चुनावमा सहभागी गराउने उद्देश्यले बैठक बोलाइएको हो । शीतल निवासमा आज दिउँसो दुई बजे बस्ने बैठकमा विघटित संविधानसभामा रहेका दल र त्यसबाट विभाजित भएका दलहरूलाई समेत बोलाइएको छ । नेकपा–माओवादीले सर्वदलीय बैठकमा उच्चस्तरीय राजनीतिक समिति र सरकारसँग राखेका १८ बँुदे प्रस्ताव पेश गर्ने तयारी गरेको छ । वर्तमान सरकार विघटनदेखि चुनावी मिति सार्नेसम्मको प्रस्ताव माओवादीले पेश गर्ने तयारी गरेको छ ।

यसअघि सरकार, उच्चस्तरीय राजनीतिक समितिमा रहेका दल र आन्दोलनमा रहेको नेकपा–माओवादीको मोर्चाले सर्वदलीय बैठक गर्न राष्ट्रपतिलाई आग्रह गरेका थिए ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...