सरकार र दलहरुलाई आ–आफ्नो हठ त्याग्न आग्रह

३ असोज । नेकपा मालेका महासचिव सीपी मैनालीले सरकार र दलहरूलाई आ–आफ्नो हठ त्याग्न आग्रह गर्नुभएको छ ।

पार्टी कार्यालयमा विहीबार भएको कार्यक्रममा महासचिव मैनालीले सरकार र दलहरूले हठ त्यागेर हदैसम्म लचिलो बने मात्र तोकिएको समयमा चुनाव हुने बताउनुभएको हो । उहाँले चुनाव नै नयाँ संविधान ल्याउने अन्तिम विकल्प भएकोले सबै दलको सहभागितामा चुनाव हुनुपर्ने पनि बताउनुभयो । महासचिव मैनालीले आफ्नो पार्टीले चुनावमा भाग लिने–नलिनेबारे पछि निर्णय गर्नेसमेत बताउनुभयो ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...