राष्ट्रसंघको महासभामा भाग लिन रेग्मी अमेरिका प्रस्थान

१० असोज । अन्तरिम चुनावी मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मी संयुक्त राष्ट्रसंघको ६८ औं महासभामा भाग लिन अमेरीकाको न्युयोर्क प्रस्थान गर्नुभएको छ ।

पाँच सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै रेग्मी न्यूयोर्क प्रस्थान गर्नुभएको हो । रेग्मीलाई त्रिभुवन विमानस्थलमा मन्त्रीहरु, सरकारका उच्च अधिकारी, कुटनीतिक नियोगका प्रमुखहरुले बिदाई गरेका थिए । रेग्मीको साथमा उहाँको पत्नी, स्वकीय सचिव, निजी अंगरक्षक र परराष्ट्रमन्त्रालयका अधिकारी पनि न्युयोर्क प्रस्थान गरेका छन । रेग्मीले शनिवार महासभालाई सम्बोधन गर्ने कार्यक्रम छ । उहाँ मंगलबार स्वदेश फकिर्नुहुने छ ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...