इंग्लिस प्रिमियर लिगमा ६ वटा खेल हुँदै - E Net Nepal

Post Top Ad

contact e.enetnepal@gmail.com to Advertise here

इंग्लिस प्रिमियर लिगमा ६ वटा खेल हुँदै

Share This
५ असोज । इंग्लिस प्रिमियर लिग फुटबल प्रतियोगिताअन्तर्गत शनिबार ६ वटा खेल हुँदैछन् ।
शनिबार राति हुने चौथौ चरणको खेलमा लिगको छैटौ स्थानमा रहेको चेल्सीले फुलह्यामको सामना गर्दैछ । अहिलेसम्म चेल्सीले ७ अंक बनाएको छ भने ४ अंक बनाएको फुलह्याम १४ औ स्थानमा छ । त्यस्तै, शनिबारै राति हुने अर्को खेलमा लिभरपुलले साउथह्याम्पटनसँग प्रतिस्पर्धा गर्दैछ । नर्विचले एस्टनभिल्लाको, न्युक्यासलले हल सिटीको, वेस्टब्रमले सन्डरल्याण्डको तथा वेस्टह्यामले इभर्टनको सामना गर्दैछन् । अहिलेसम्मको अंक तालिकामा १० अंक बनाएको लिभरपुल लिगको शीर्ष स्थानमा छ भने ९ अंक बनाएको आर्सनल दोस्रो स्थानमा छ । तेस्रो स्थानमा रहेको टोट्नह्यामको पनि ९ अंक नै छ ।

No comments:

Post a Comment

Post Bottom Ad

contact e.enetnepal@gmail.com to Advertise here