चुनावको मिति सारेर असन्तुष्ट दलसँग सम्झौता हुँदैन

२८ भदौ । प्रमुख राजनीतिक दलका नेताहरुले मंसिर चारको चुनावको मिति सारेर असन्तुष्ट दलसंग सम्झौता गर्न नसकिने बताएका छन् ।

काठमाडौमा विहीबार भएको कार्यक्रममा उनीहरुले लामो समयसम्म असन्तुष्ट दलहरुसंग वार्ता तथा संवाद चलिरहे पनि उनीहरुले संविधानसभा चुनावको मिति सार्ने विषयलाई नै प्रमुख एजेण्डा बनाएकाले मिति सार्ने विषयमा कुनै सम्झौत गर्न नसिकिने बताएका हुन् । एकीकृत नेकपा माओवादीका प्रवक्ता अग्निप्रसाद सापकोटाले मंसिर चारमै चुनाव हुनेमा ढुक्क हुन आग्रह गर्नु भयो । कार्यक्रममा नेपाली कांग्रेसका नेता डाक्टर मिनेन्द्र रिजालले माओवादीले संबिधान निर्माणका लागि गरेको १२ वर्षे जनयुद्धको नै उपहास गरेको टिप्पणी गर्नुभयो । त्यस्तै नेकपा एमालेका प्रचार विभाग प्रमुख प्रदिप ज्ञवालीले चुनाव नजिकिदै जाँदा असन्तुष्ट दलसंग मनमुटाव बढेकाले उनीहरुले आफ्नो मागमा पुर्नविचार गर्नुपर्ने बताउनुभयो । त्यस्तै तराई मधेस लोकातान्त्रिक पार्टीका नेता जितेन्द्र सोनलले नेकपा–माओवादी लगायतका असन्तुष्ट दल चुनावमा सहभागि नभए पनि चुनाव नरोकिने बताउनुभयो । कार्यक्रममा नेताहरुले मन्त्रिपरिष्दका अध्यक्ष खिलराज रेग्मीले गर्न लागेको अमेरिका भ्रमणको आलोचना गरे । यसैबीच नेपाली काग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले चुनावको विरोध गर्दै आएका दलहरुसग सरकार परिवर्तन र चुनावी मितिबाहेकका विषयमा छलफल गर्न सकिने बताउनुभएको छ । विहीबार नुवाकोटको विदुरमा संचारकर्मीसग कुरा गर्दै नेता केसीले मुलुक संबिधान र जनप्रतिनिधि विहिन हुनबाट जोगाउन चुनावको विकल्प नभएको बताउनुभयो । उहाँले चुनाव बिरोधी दलहरुलाई लक्षित गर्दै अहिलेको चुनाव संसद् अर्थात प्रतिनिधिसभाको नभएर नेपालीहरुको सदीयौसम्मको भाग्यरेखा कोर्ने भएकाले कसैलाई पर्खेर बस्न नसक्ने चेतावनी दिनुभयो । नेता केसीले विपक्षीहरुको मागलाई उच्चस्तरीय राजनीतिक संयन्त्रले समाधान गर्दै लगेकाले बाँकी रहेका विषयमा चुनावी ऐजेण्डा बनाएर जनतासंग अनुमोदन गर्न सुझाव दिनुभयो ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...