हिन्दू महिलाहरुको महान पर्व हरितालिका तीज सुरु

२२ भदौ । हिन्दू नेपाली महिलाले मनाउने चाड तीज आजबाट शनिबारबाट भएको छ ।

तीजको पहिलो दिन हिन्दू महिलाहरुले साँझ घर घरमा विभिन्न मीठा परिकार बनाएर दरका रुपमा खाने प्रचलन रहेको छ । हरितालिका तीजको अवसरमा महिला दिदी बहिनीलाई दर खुवाउने गरिन्छ । टाढाका चेलीबेटी यस दिन माइतीघर वा आफन्तकहाँ दर खान जाने चलन छ ।

खिर, गुँद, हलुवा, ढकनी, घिउ, दही, दूध, मिठाइ, फलफूल जस्ता खाद्य पदार्थ बनाएर राति अबेरसम्म घरघरमा दर खाने गर्दछन् । दर खाएको भोलिपल्ट निराहार व्रत बस्ने गरिन्छ । यस दिन दिभर दिदीबहिनीहरु नाचगान गरेर तीज हर्षोल्लासपूर्वक मनाउँदछन् । पहिले पहिले हरितालिका तीजमा एक दिनमात्र दरखाने परम्परा भएपनि हिजोआज राजधानी र शहरी क्षेत्रहरुमा एक महिना अघिदेखि नै दर खाने तथा अलिक भड्किलो रुपले मनाउने गरिएको भन्ने टिप्पणी पनि हुन थालेको छ ।

परापुर्वक कालमा देवी पार्वतीले शिवलाई स्वामी पाउँ भनि निराहार ब्रत बसेको र उनको कामना पूरा भएको विश्वासमा राम्रो पति पाउन र विवाहितहरुले पतिको सुस्वास्थ्य, दीर्घायु र प्रगतिको कामना गर्दै ब्रत बस्ने चलन रहिआएको हो ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...