वाणिज्य विभागबाट अनुगमनलाई तीब्रता
११ असोज । वाणिज्य विभागले बजार अनुगमनलाई तीब्रता दिएपनि कारबाही भने फितलो देखिएको छ ।
प्रत्येक दिन अनुगमन बढाउँदै लगेको विभागले ललितपुर जिल्लाको विभिन्न भागमा गरेको अनुगमनमा विभागको यसअघिको निर्देशन र सच्चिने मौकामा समेत व्यवसायीले अटेर गरेको पाइएको हो ।
ललितपुरको चापागाँउस्थित महाँकाल खाद्य भण्डारले विभागले यसअघि दिएको निर्देशन कार्यान्वयन नगर्दा पनि विभागले कुनै कारबाही भने गर्न सकेन ।
विभागको अनुगमन टोलीले सो भण्डारमा म्याद नाघेका एवं लेबल नराखिएका खाद्यान्न, पेय पदार्थ पुनः विक्री गरेको भेटेको थियो । विभागका अनुगमन अधिकृत रत्नेश शशिले पसल बन्द गराउने अधिकार भएपनि सच्चिनको लागि पुनः मौका दिएको बताए ।
विभागले सोही क्षेत्रमा गरेको अन्य पसलहरुमा पनि महिनौदेखि म्याद नाघेका खाद्यान्न, पेय पदार्थ बिक्री वितरण गर्दै आएको पाइएको थियो । विभागले स्वच्छ बजार बनाउने भन्दै अनुगमनलाई तीब्रता दिएपनि सर्वसाधारणले भने काम देखाउने खालको अनुगमन विभागले गरेको आरोप लगाएका छन् ।
पटक–पटक अनुगमन गर्दा पनि गलत गर्नेलाई कारबाही नगर्नुले विभागको अनुगमनप्रति नै उपभोक्ताले शंका व्यक्त गरेका छन् ।
0 comments
Write Down Your Responses