मार्सेललाई हराउँदै जोकोभिच क्वाटरफाईनलमा प्रवेश - E Net Nepal

Post Top Ad

contact e.enetnepal@gmail.com to Advertise here

मार्सेललाई हराउँदै जोकोभिच क्वाटरफाईनलमा प्रवेश

Share This
१९ भदौ । नोभाक जोकोभिच युएस ओपन टेनिस प्रतियोगिताको क्वाटरफाईनलमा प्रवेश गरेका छन् ।
अमेरिकाको न्यूयोर्कमा जारी वर्षको चौंथो तथा अन्तिम ग्रान्स्लामको चौंथो चरणको खेलमा स्पेनका मार्सेल ग्रानोलरलाई हराँउदै जोकोभिच क्वाटरफाईनलमा प्रवेश गरेका हुन् ।
ग्रानोलर विरुद्धको खेल जोकोभिचले ६–३, ६–० र ६–० को सोझो सेटमा जिते । युएस ओपन चौंथो चरणकै अन्य खेलहरुमा विजयी हुँदै रुसका मिखायल युज्नी, ब्रिटेनका एण्डी मरे र स्विजरल्याण्डका स्टानिस्लास वावरीङ्का पनि क्वाटरफाईनलमा उक्लेका छन् ।

यता, महिलातर्फ अमेरिकाकी सेरेना विलियम्स क्वाटरफाईनलमा पुगेकी छिन् । दावेदार सेरेनाले चौंथो चरणको खेलमा स्पेनकी सुवारेज नाभारोलाई ६–० र ६–० को सोझो सेटमा पाखा लगाईन् । त्यसैगरी बेलारुसकी भिक्टोरिया अजारेन्काले सर्वियाकी आना ईभनोभिचलाई ४–६, ६–३ र ६–४ ले हराईन् भने चीनकी लि नाले रुसकी एलिना माकारोभालाई ६–४, ७–६ र ६–२ ले पराजित गरिन् ।

No comments:

Post a Comment

Post Bottom Ad

contact e.enetnepal@gmail.com to Advertise here