स्पेनिस ला लिगामा बार्सिलोनाको विजयी यात्रा जारी

६ असोज । स्पेनिस ला लिगा फुटबल प्रतियोगिताअन्तर्गत बार्सिलोनाले विजयी यात्रालाई कायमै राखेको छ ।

गएराति भएको खेलमा साबिक विजेता बार्सिलोनाले रायो भाल्लेकानोलाई शून्यका विरुद्ध चार गोलअन्तरले पराजित गरेको हो । बार्सिलोनाका लागि पेड्रोेले ह्याट्रिक गरेका थिए । खेलको ३६ औं मिनेटमा बार्सिलोनाका गोलरÔक भिक्टर भाल्डेसले पेनाल्टी रोकेका थिए । पेड्रोले खेलको ३३ औ, ४७ औं र ७२ औं मिनेटमा तीन गोल गरेका थिए । एक पक्षीय रहेको खेलको ८० औं मिनेटमा सेस फेब्रिगासले गोल गरेपछि रियल भाल्लेकानो स्तब्ध भएको थियो । जितपछि बार्सिलोनाले पाँच खेलबाट १५ अंक बनाउँदै लिगको शीर्ष स्थानमा उक्लिएको छ । त्यस्तै, गएराति नै भएको अर्को खेलमा एथ्लेटीको म्याड्रिडले रियल भाल्लाडोलिटलाई दुई—शून्य गोलअन्तरले हराउन सफल भएको छ । एथ्लेटीको म्याड्रिडलाई जित दिलाउन ५६ औं मिनेटमा राउल गार्सिया र ७२ औं मिनेटमा डियगो कोस्टाले समान एक—एक गोल गरेका थिए । जितपछि ५ खेलबाट १५ अंक जोडेको एथ्लेटीको म्याड्रि गोल अन्तरमा बासिर्लोना भन्दापछि रहँदै दोस्रो स्थानमा छ ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...