बसको ठक्करबाट एकै परिवारका ३ जनाको मृत्यु

७ असोज । नवलपरासीको प्रगतिनगरमा बसले मोटरसाइकललाई ठक्कर दिँदा एकै परिवारका तीन जनाको मृत्युभएको छ ।

दुर्घटनामा प्रगतिनगरका वडा नम्बर २ का रामप्रसाद भुषाल, छोरी लक्ष्मी भुषाल र नातिनीको मृत्युभएको हो । नातिनीको नाम खुल्न बाँकी छ । सोमबार दिउँसो भैरहबाबाट काठमाडौं आउँदै गरेको लु. १ ख ७३६४ नम्बरको बसले ना. १९ प ८३०४ नम्बरको मोटसाइलकलाई ठक्कर दिएको थियो ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...