१७ भदौ । इङ्लिलस प्रिमियर लिग फुटबल प्रतियोगिताअन्तर्गत गएराति भएको खेलमा डिफेन्डिङ च्याम्पियन म्यान्चेस्टर युनाइटेड पराजित भएको छ ।
लिभरपुलको घरेलु मैदान एन्फिल्डमा भएको खेलमा म्यान्चेस्टर युनाइटेड लिभरपुलसँग १–० गोलअन्तरले पराजित भएको हो । खेल सुरु भएको ४ मिनेट पनि बित्न नपाउँदै लिभरपुलका लागि ड्यानियल स्टुरेजड्ले पहिलो गोल गरेका थिए । खेलको पहिलो हाफसम्म एक—शून्य गोलले अगाडि रहेको लिभरपुलले दोस्रो हाफमा पनि केही गोल गर्ने मौका गुमाएको थियो । जितपछि लिभरपुलले ३ खेलबाट ९ अंक बनाएको छ । डेभिड मोएज प्रशिÔक रहेको म्यानचेष्टर युनाइटेडको लिगमा यो सिजनको पहिलो हार हो । म्यानचेष्टरले ३ खेलबाट ६ अंक जोडेको छ । गएराति नै भएको अर्को खेलमा आर्सनलले टोट्नह्यामलाई एक–शून्य गोलअन्तरले पराजित गरेको छ भने स्वान्सी सिटीले वेष्टह्यामलाई दुई–शून्य गोलअन्तरले पराजित गरेको छ ।
Post Top Ad
contact e.enetnepal@gmail.com to Advertise here
Subscribe to:
Post Comments (Atom)
Post Bottom Ad
contact e.enetnepal@gmail.com to Advertise here
Author Details
E Net Nepal is a Nepali Site.
No comments:
Post a Comment