चुनाव सार्ने सम्भावना नभएको उच्चस्तरीय समितिको स्पष्टता

३० भदौ । उच्चस्तरीय राजनीतिक समितिले मंसिर ४ गतेको चुनाव सार्ने सम्भावना नभएको स्पष्ट पारेको छ ।

समितिको कार्यालय नयाँ बानेश्वरमा शनिबार बसेको बैठकले घोषित मितिको चुनाव सार्दा अस्थिरता बढ्न सक्ने निष्कर्षसहित चुनाव सार्ने सम्भावना नभएको स्पष्ट पारेको हो । समितिको बैठकले नेकपा माओवादी चुनावमा सहभागी हुन चाहन्छ भने दल दर्ता लगायतका प्राविधिक व्यवस्थापन मिलाउन निर्वाचन आयोगलाई आग्रह गर्ने निर्णय गरेको छ । राष्ट्रपति कार्यालयमा शुक्रबार भएको सर्वदलीय बैठकमा नेकपा माओवादीले गोलमेच सम्मेलन, चुनाव चैत्रमा सार्नुपर्ने, सरकार परिवर्तन गर्नुपर्ने लगायतका ४ बुँदा पेश गरेको थियो । नेकपा माओवादीले पेश गरेको ४ बुँदेबारे समीक्षा गर्न बसेको समितिको बैठकले चुनाव नसार्ने र सरकार परिवर्तन पनि नगर्ने स्पष्ट पारेको हो ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...