अर्थमन्त्री र फ्रान्सेली राजदुतबीच भेटवार्ता

१० असोज । फ्रान्स सरकारले काठमाडौं उपत्यकाको शहरी क्षेत्रमा केबलकार निर्माणको चासो देखाएको छ ।


नेपालमा रहेको फ्रान्सेली दूतावासका कार्यवाहक राजदूत भर्जिन कोर्टेवालले अर्थमन्त्री शंकरप्रसाद कोइरालासँग भेट गरी काठमाडौंको बढ्दो सवारी साधनको चाप नियन्त्रण गरी वातावरणीय सन्तुलन कायम गर्न केबलकार प्रभावकारी हुने बताउनुभयो ।
धेरै देशमा आफूहरुले गरेको यस्ता परीक्षण सफल भएको बताउँदै राजदूत कोर्टेवालले नेपालमा पनि सम्भाव्यता अध्ययन गर्न चाहेको बताउनुभयो । भेटमा कोइरालाले बढ्दो इन्धन खर्च कम गर्न यस्ता परियोजना सार्थक हुने बताउनुभयो ।
कोइरालाले यो सेवा सहुलियतपूर्ण भने हुनुपर्ने बताउनुभयो । पर्यटकीय र वातावरणीय दृष्टिले पनि केबलकार सेवा फलदायी हुने उहाँको विश्वास थियो ।
मन्त्री कोइरालाले इन्धन खपत कम गर्न विद्युतीय प्रविधिको विकास नेपालमा आवश्यक भएकोमा जोड दिँदै उर्जामा आत्मनिर्भरतासंगै यसको उपयोगिता थप प्रभावकारी हुने बताउनुभयो । भेटमा फ्रान्सबाट आएका केबलकार विज्ञहरुको पनि उपस्थिति थियो ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...